Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ वर्षभित्र २ हजार ४ सय मेगावाट विद्युत उत्पादन

ऊर्जा खबर चैत ०४, २०७५   1922

खबर



काठमाडौं– ४ वर्षमा २ हजार ४ सय मेगावाट विद्युत उत्पादन हुने भएको छ । चालु वर्षदेखि आर्थिक वर्ष २०७८/७९ को अवधिमा नेपाल विद्युत प्राधिकरण र निजी प्रवर्द्कका निर्माणाधीन १ सय २४ जलविद्युत आयोजनाको विद्युत प्रणालीमा थपिने भएको हो ।

ad

चालु वर्षमा मात्रै २ सय ८७ मेगावाटका २० आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । उनका अनुसार प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ए र १४ मेगावाटको कुलेखानी तेस्रोसहित निजी क्षेत्रले बनाइरहेका १८ आयोजनाले विद्युत उत्पादन सुरु गर्दैछन् ।त्रिशूली ३ए र कुलेखानीको संरचना परीक्षण सुरु भइसकेको छ ।

२२ मेगावाटको बागमती, २० मेगावाटको तल्लो मोदी, ६.४ मेगावाटको माथिल्लो मैलुङ ‘ए’, २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’, १२ मेगावाटको नामजूृन मादी, ३.२ मेगावाटको गेलुङ खोला र २५ मेगावाटको काबेली ‘बि’ १ आयोजना विद्युत उत्पादन गर्ने चरणमा पुगेको पुनले बताए । यी आयोजनामध्ये बागमतीले परीक्षण सुरु गरेको छ ।

ad

यस्तै, २२ मेगावाटको तल्लो हेवा ए, ८.८ को रुदी ए, ६.६ को रुदी बि, ५ मेगावाटको घलेम्दी, ७ मेगावाटको माथिल्लो खिम्ती–२, ५ मेगावाटको घट्टे खोला, ९.९ मेगावाटको इवा खोला, ७ मेगावाटको माथिल्लो मार्दी र ४.५ मेगावाटको विजयपुर खोला आयोजनाले उत्पादन सुरु गर्दैछन् ।

आव २०७६/७७ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित २३ आयोजनाको ९ सय ८२ मेगावा उत्पादन थपिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, १४ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन, ३६ मेगावाटको माथिल्लो बलेफी, २५ मेगावाटको सिंगटी, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ लगायत आयोजनाले विद्युत उत्पादन गर्नेछन् ।

यसैगरी, आव २०७७/७८ मा ४ सय ५५ मेगावाटका ३० आयोजना सम्पन्न हुने मन्त्रालयले जारी गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ क्षेत्रको एक वर्षे प्रगति पुस्तिकामा उल्लेख छ । ५२.५ मेगावाटको लिखु–४, ५४ मेगावाटको सुपर दोर्दी खोला, २३.५२ मेगावाटको बलेफी ‘ए’लगायत आयोजना यस वर्ष थपिने मन्त्रालयले जनाएको छ ।

आव २०७८/७९ मा थपिने ३७ जलविद्युत आयोजना छन् । यी आयोजनाको क्षमता ६ सय ६८ मेगावाट छ । यो वर्ष ८६ मेगावाटको सालु दुधकोसीसहित ४० मेगावाटको राहुघाट, ३७.६ मेगावाटको काबेली ‘ए’, साढे ३८ मेगावाटको माथिल्लो कालंगा गाड, ५० मेगावाटको मेवा खोलालगायत आयोजना छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="