Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

७ जलविद्युत कम्पनीले ९ महिनामा सवा अर्ब मुनाफा कमाए

यशाेदा सुनुवार जेठ ०७, २०७६   2681

खबर



काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा ७ जलविद्युत कम्पनीले सवा अर्ब रुपैयाँ मुनाफा कमाएका छन् । आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा यी कम्पनीले उक्त मुनाफा कमाएका हुन् ।

साउनदेखि चैतसम्म विद्युत बिक्रीसहित विभिन्न शिर्षकमा १ अर्ब २२ करोड ६४ लाख ९१ हजार रुपैयाँ आम्दानी भएको छ । यी कम्पनीले विद्युत बिक्रीबाट गरेको आम्दानी पनि बढेको छ ।

ad

चालु वर्षमा ७ कम्पनीले १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो आम्दानी गत आवको यही अवधिमा गरेको आम्दानीभन्दा २० करोड ८७ हजार रुपैयाँले बढी हो ।

बुटवल पावर कम्पनी (बिपिसी) ले सबैभन्दा बढी खुद नाफा कमाएको छ । बिपिसीले गत चैत मसान्तसम्ममा ७५ करोड ८ लाख ७३ हजार रुपैयाँ मुनाफा कमाएको छ । यो गत वर्षको यही अवधिमा आर्जन भएको मुनाफाभन्दा ९ करोड १६ लाख ९ हजार रुपैयाँले बढी हो ।

बिपिसीको विद्युत बिक्रीको आम्दानी पनि बढेको छ । बिपिसीले ५२ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेकाे छ । बिपिसीले १२ मेगावाटको झिमरुक, ४ मेगावाटको खुदी र ९.४ मेगावाटको आँधीखोला जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट उक्त आम्दानी गरेकाे हो ।

बिपिसीले गत आवमा ५२ करोड ७८ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको थियो । ३ विद्युतगृह सञ्चालन गरिरहेको बिपिसीले ३० मेगावाटको न्यादी, र ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधीन आयोजना सम्पन्न भएपछि विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नेछ ।

यस्तै, सानिमा माई हाइड्रो पावर कम्पनीले पनि २२ करोड ९३ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, सानिमा माईको मुनाफा  गत वर्षभन्दा घटेकाे छ । उसले गरेको यो मुनाफा गत आवको यही अवधिकोभन्दा २ लाख ८२ हजार रुपैयाँले कम हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको छ । सानिमाले ७ महिनामा इलाममा सञ्चालित २२ मेगावाटको सानिमा माई र ७ मेगावाट माई क्यासकेड जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट ६० करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

यसैगरी कालिका पावर कम्पनीले याे वर्ष १२ करोड ९२ लाख ९४ हजार रुपैयाँ मुनाफा कमाएकाे छ । याे कम्पनीले गाेरखामा सञ्चालित ६ मेगावाटकाे दराैंदी ए जलविद्युत केन्द्रकाे विद्युत बिक्रीबाट उक्त मुनाफा कमाएकाे हाे । कालिकाले विद्युत बिक्रीबाट गरेकाे आम्दानीबाट खर्च कटाैती गरेर मुनाफा कमाएकाे हाे । याे कम्पनीकाे विद्युत बिक्रीबाट भएकाे आम्दानी १३ कराेड ६२ लाख ८७ हजार रुपैयाँ छ ।

छ्याङदी हाइड्रो पावरले ४ करोड १५ लाख ६१ हजार, अरुण भ्याली हाइड्रो पावर कम्पनीले ४ करोड १७ लाख ४४ हजार र अपि पावर कम्पनीले ७ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा कमाएका छन् ।

अरुण भ्यालीले संखुवासभामा सञ्चालित ३ मेगावाटको पिलुवा खोलाको विद्युत बिक्रीबाट मुनाफा कमाएको हो । अपिले दार्चुलामा सञ्चालित साढे ८ मेगावाटको नौगाढ जलविद्युत केन्द्रले उत्पादन गरेको विद्युत बिक्रीबाट मुनाफा कमाएको हो । छ्याङ्दीले २ मेगावाटको छ्याङ्दी खोलाको विद्युत बिक्रीबाट मुनाफा कमाएको हो ।

रैराङ हाइड्रोपावर कम्पनीले ११ लाख ७ हजार रुपैयाँ नाफा कमाएकाे छ । रैराङले ५ सय किलोवाटको रैराङ जलविद्युत केन्द्रबाट याे मुनाफा कमाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="