Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

९० हजार ग्राहकको घरमा अब स्मार्ट मिटर, ठेकेदारले काम थाल्यो

असोज १४, २०७६   2653

खबर



काठमाडौं – नेपाल विद्युत प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण (अध्ययन) सुरु गरेको छ । वितरण प्रणालीलाई डिजिटललाइज गर्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो ।

‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’अन्तर्गत पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने योजना छ । प्राधिकरणले स्मार्ट मिटरिङलाई महत्त्वाकांक्षी योजनाका रूपमा अगाडि बढाएको हो ।

ad

स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू हुने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । जसले गर्दा मिटर रिडिङको लागत घट्नेछ ।

यसबाट वितरण सेवा आधुनिकरण गर्ने, वितरण चुहावट घटाई प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने प्राधिकरणको लक्ष्य छ ।

ठेकेदार कम्पनीले ग्राहकको घरघर गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । उनले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गरेका छन् ।

सरकारको लगानी र एसियाली विकास बैक (एडिबी) को सहुलित ऋणमा स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रूपमा अघि बढाइएको हो । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने  प्राधिकरणको योजना छ ।

रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आगामी वर्षको पुसभित्र सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="