Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय दुर्घटनामा प्राधिकरणका ज्यालादारी कर्मचारीको मृत्यु

ऊर्जा खबर असोज ०, २०७६   4314

खबर



काठमाडौं– विद्युतीय दुर्घटनामा परेर धनकुटामा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।  साँगुरीगढी गाउँपालिकामा करेन्ट लागेर ५६ वर्षिय बलबहादुर भण्डारीको मृत्यु भएको हो ।

ट्रन्सफर्मर मर्मत गर्दा करेन्ट लागेर गम्भिर घाइते भएका भण्डारीको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार साँगुरीगढीको बेदुवाडाँडामा ट्रान्सफर्मर मर्मत गरेर लाइन परीक्षण गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

ad

दुर्घटनामा मृत्यु भएका भण्डारी मुलघाट धनकुटाका स्थायी बासिन्दा हुन् । उनी प्राधिकरणकाे धनकुटा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी थिए ।

विद्युतीय सुरक्षाका उपाय नअपनाउँदा तथा भएका सुरक्षा उपकरण गुणस्तरीय नहुँदा वर्षेनी दुर्घटना बढिरहेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार बितेका साढे ७ वर्षमा विद्युतीय दुर्घटनामा परेर साढे २ सय बढी कर्मचारीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="