Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालमा एडिबी सहयोग साढे ६ खर्ब पुग्दै, गत वर्ष ६७ अर्ब लगानी

फागुन २६, २०७५   1765

बैंक



काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले गत वर्ष अर्थात् सन् २०१८ मा नेपालमा करिब साढे ६७ अर्ब रुपैयाँ (६० करोड अमेरिकी डलर) लगानी गरेको छ । विभिन्न ३६ आयोजनामा ऋण र प्राविधिक सहयोग गरी उक्त परिमाणको लगानी पुगेको हो ।

लगानी बढ्दै गए पनि त्यही अनुसार खर्च क्षमतामा सुधार नआएको एडिबीको गुनासो छ । सन् २०१८ मा कूल ५९ करोड २० लाख अमेरिकी डलर ऋण लगानी भएको छ । यस्तै, सोही अवधिमा विभिन्न आयोजनाका लागि ८० लाख डलर प्राविधिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

एडिबीले अहिले जलविद्युत्, सडक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, कृषि र प्राकृतिक स्रोतलगायत क्षेत्रमा लगानी गरिरहेको छ । यी क्षेत्रमा लगानी बढेअनुसार खर्च बढ्न नसकेको एडिबीका उपमहानिर्देशक दिवेश शरणले बताए ।

‘सन् २०१४ र २०१६ को बीचमा औसत वार्षिक २५ करोड ३० लाख अमेरिकी डलरले लगानी बढेको देखिन्छ,’ शुक्रबार आयोजित वार्षिक लगानी समीक्षा कार्यक्रममा शरणले भने, ‘नेपालमा एडिबीको लगानी तात्त्विकरूपमा बढेको छ तर समयमा हुने ठेक्कापट्टा र खर्चमा अझै राम्रो हुन सकेको छैन ।’

सन् २०१८ मा विभिन्न आयोजनामा २४ करोड ६७ लाख अमेरिकी डलर खर्च भएको छ । जुन वार्षिक खर्च लक्ष्यको ८० प्रतिशत उपलब्धि हो । नेपालमा गरेको कूल २ अर्ब ८० करोड डलरमध्ये अझै ६१ प्रतिशत खर्च हुने बाँकी रहेको एडिबीले जनाएको छ ।

वार्षिक समीक्षा कार्यक्रममा ‘विपद्का लागि सरल स्कुल आयोजना’ वर्षको उत्कृष्ट व्यवस्थापनमा परेको थियो । यस्तै, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजनाले उत्कृष्ट समूहमा परेको थियो ।

एडिबीले सन् १९६६ देखि अहिलेसम्म नेपालका लागि ५ अर्ब ८० करोड अमेरिकी डलर (करिब ६ खर्ब ५३ अर्ब रुपैयाँ) सहयोग स्वीकृत गरेको छ । अहिलेसम्मको सक्रिय लगानी २ अर्ब ८० करोड डलर (३६ आयोजना) र १८ आयोजनामा २ करोड ६४ लाख डलर प्राविधिक सहयोग दिएको छ ।

एडिबीले सन् २०१८ मा मात्र एसिया तथा दक्षिण एसियामा ऋण र अनुदान गरी २१ अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । अहिले एडिबीमा ४८ देश क्षेत्रबाट ६७ सदस्य राष्ट्र सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="