विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्न एडिबीको २१ अर्ब सहयोग

ऊर्जा खबर असोज २१, २०७५ 3177

काठमाडौं– पूर्व–पश्चिम राजमार्ग ४ लेनमा विस्तार तथा स्तरोन्नती गर्न एसियाली विकास बैंक (एडिबी) ले २१ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने पक्का भएको छ । एडिबी सञ्चालक समितिले सहयोग प्रस्ताव स्वीकृत गरेसँगै रकम आउने टुंगो लागेको हो ।

फिलिपिन्सको मनिलामा बसेको एडिबी सञ्चालक समितिको बैठकले नेपालको मुख्य राजमार्ग नाजुक रहेको भन्दै सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । ‘महेन्द्र राजमार्गका नामले समेत चिनिने नेपालको महत्त्वपूर्ण सडक नाजुक देखिन्छ र यातायातमा समेत समस्या देखिएको छ,’ एडिबीका यातायात विज्ञ जोन जर्जेटले भने, ‘स्तरोन्नतीपछि यातायात तथा ढुवानी क्षमतामा परिवर्तन हुनेछ । साथै, राष्ट्रिय तथा क्षेत्रीय व्यापार विस्तारमा सुधार आउनेछ ।’

एडिबीका अनुसार नेपालका उत्तर–दक्षिण जोडिएका ८ र पूर्व–पश्चिमका ३ सडकले ९० प्रतिशतभन्दा बढी यात्रु तथा सामान ओसार्ने गरेका छन् । यी सडकमा हरेक दिन ८ हजार ६ सय सवारी गुड्ने गर्छन् । यीमध्ये एक तिहाई ठूलो सवारी पर्छन् । सन् २०३३ सम्म सवारीको संख्या २५ हजार ४ सय पुग्ने अनुमान छ ।

उक्त रकमले पूर्व–पश्चिमको कञ्चनपुर–कमला खण्डको ८७ किलोमिटर सडक ४ लेनमा चौडा बनाउने तथा स्तरोन्नती हुनेछ । सडक सुरक्षासँगै बस, मोटरसाइकल, साइकल लेनसमेत निर्माण हुनेछ । पूर्व–पश्चिमको सबै ठाउँ (१०२७ किलोमिटर) मा सडक सुरक्षाका काम समेत हुने एडिबीले जनाएको छ ।

सडक स्तरोन्नती गर्न भर्खरै बोलपत्र आह्वान गरिएको र ठेकेदारले प्रस्ताव पेस गरेको छ । सन् २०१९ को पहिलो त्रैमासिकबाट काम सुरु गर्ने योजना छ । सन् २०२२ मा पूरा हुने काम ५ वर्षसम्म ठेकेदारले मर्मत संभार गर्नेछ । कूल २५ करोड ६४ लाख अमेरिकी डलर लागतमध्ये १८ करोड डलर (२१ अर्ब २९ करोड ९४ लाख रुपैयाँ) एडिबी र ७ करोड ६४ लाख डलर सरकारले लगानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="