विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालमा एडिबीकाे लगानी, अझै २ खर्ब खर्च हुन बाँकी

ऊर्जा खबर मङि्सर ०७, २०७५ 1635

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले नेपालका विभिन्न आयोजनामा गरेको लगानीमध्ये अझै करिब २ खर्ब रुपैयाँ (१ अर्ब ७९ करोड २० लाख अमेरिकी डलर) खर्च हुन सकेको छैन ।

कमजोर कानुनी तथा नीतिगत प्रक्रिया, सुस्त कार्यान्वयन लगायत कारणले खर्च क्षमता नबढेको हो । शुक्रबार काठमाडौंमा आयोजित विभिन्न आयोजनाको समीक्षा बैठकमा नेपालले खर्च क्षमता बढाउन नसकेको एडिबीका उच्च अधिकारीले गुनासो गरे ।

एडिबीले हालसम्म २ अर्ब ८० करोड अमेरिकी डलर (करिब ३ खर्ब १७ अर्ब रुपैयाँ) लगानी गरेको छ । कूल लगानीमध्ये जम्मा ३६ प्रतिशत अर्थात् १ अर्ब डलरमात्र खर्च भएको जानकारी दिइएको छ ।

विगत वर्षको तुलनामा खर्च क्षमता बढे पनि अझै सन्तोषजनक नरहेको एडिबीका दक्षिण एसिया हेर्ने उपमहानिर्देशक दिवेश शरणले बताए । ‘एडिबीले वार्षिकरूपमा नेपालमा लगानी बढाइरहेको छ,’ उनले भने, ‘लगानी वृद्धिले देशको दिगो आर्थिक विकासमा सहयोग पुर्याउनेछ ।’

एडिबीले सन् २०१४ देखि २०१६ को बीचमा वार्षिक २५ करोड ४० लाख डलर लगानी गरेको थियो । तर, सन् २०१७÷१८ मा बढाएर वार्षिक ५५ करोड १० लाख डलर पुर्याएको छ ।

एडिबीका अनुसार सन् २०१६ र २०१७ मा खर्च क्षमतामा निकै सुधार आएको थियो । तर, २०१८ मा यसको गति निरन्तर नरहेको उल्लेख छ । एडिबीले कूल ३६ आयोजनामध्ये ३१ वटामा ऋण र ५ वटामा अनुदान सहयोग गरेको छ ।

कूल लगानीमध्ये अझै ४४ प्रतिशत १ अर्ब २३ करोड डलरबराबरको ठेक्का हुनै बाँकी छ । उता ६४ प्रतिशत रकम खर्च हुन बाँकी देखिएको छ ।

संघीयता कार्यान्वयन प्रक्रियामा रहेकाले खर्च क्षमतामा केही सुस्तता आएको अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । ‘वास्तविक कार्ययोजना बनाएर आयोजना कार्यान्वयन गर्दा लक्षित प्रगति हासिल गर्न सकिन्छ,’ उनले भने, ‘सरकारले यही योजना अनुसार काम गरेको छ ।’

कार्यान्वयन परीक्षण तथा मूल्यांकन, चुस्त खरिद प्रक्रिया र उपलब्धिबारे एडिबीलाई जानकारी गराउन नेपालले सम्बधित आयोजनाका कर्मचारीलाई आग्रह गरे । यसले मात्र आयोजनाको उचित परिणाम देखिने उनले बताए ।

यसैगरी, सरकार तथा आयोजनाका पदाधिकारीसँग निरन्तर छलफल तथा परामर्श गरेर काम भइरहेकाले उचित नतिजा आउनेमा आफू विश्वस्त रहेको एडिबीका आवासीय निर्देशक मुख्तोर हामुदखानोभले बताए । ‘हामीलाई विश्वास छ, आर्थिक वर्ष २०१८÷१९ मा खर्च क्षमतामा निकै सुधार आउने छ,’ उनले भने, ‘गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा भूकम्पपछिको पुनर्निर्माणलगायत कामको प्रगति उत्साहजनक देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="