विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘सुप्रविधि स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ ३ संस्थालाई

ऊर्जा खबर कार्तिक १८, २०७५ 406

ललितपुर– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस क्षेत्रमा उत्कृष्ट काम गर्ने ३ संस्थालाई ‘सुप्रविधि स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ प्रदान गरेको छ । केन्द्रको २२औं वार्षिकोत्सवको अवसरमा आइतबार उक्त पुरस्कार दिइएको हो ।

मञ्चुका स्मृति अक्षय कोषबाट ललितपुरको नेपाल यन्त्रशाला इनर्जी, स्याड्जाको खिलुङ कालिका एग्रो फर्म  र नवलपरासीको एमके पेपर मिल्सले पुरस्कार पाएको केन्द्रले जानकारी दिएको छ । उनीहरूले प्रमाणपत्रसहित  प्रतिसंस्था २५ हजार रुपैयाँ पाएका छन् ।

यन्त्रशाला इनर्जीले लामो समयदेखि नेपालमै टर्बाइन अध्ययन अनुसन्धान र उत्पादन गरी भुटान, भारत, लाओस, बेलायतलगायत देशमा निर्यात गर्दै आएको छ । खिलुङ कालिकाले कुखुराको सुली प्रयोग गरी बायोग्यासबाट ३ सय ६० किलोवाट विद्युत उत्पादन गरी दैनिक १० मेट्रिक टन जैविक मल उत्पादन गरेको छ ।

यसैगरी, एमके पेपरले आफ्नैे हातामा एक मेगावाटको सौर्य विद्युत प्रणाली जडान गररेको छ । यसले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी राष्ट्रिय प्रसारण लाइनमा समेत विद्युत आपुर्ति गरेको छ । सौर्य प्रणालीबाट उत्पादित बिजुली ग्रिडमा जोड्ने यो देशको पहिलो कम्पनी हो ।

केन्द्रले प्रत्येक वर्ष नेपालमा नवीकरणीय ऊर्जा प्रवद्र्धन गरी स्थानीय समुदायको जीवनस्तर उकास्न विशेष सहयोग पु¥याउने लघुजलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा तथा वायोग्यासलगायत जैविक ऊर्जाका क्षेत्रमा तीन उत्कृष्ट संस्थालाई पुरस्कार प्रदान गर्दै आएकोे छ । यो अवार्ड २०७४ सालबाट प्रदान गर्न थालिएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले नवीरकणीय ऊर्जामा थप अध्ययन र अनुसन्धान गर्नुपर्ने बताए । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले नवीकरणीय ऊर्जामा नीति नियम निर्माणमा सहजीकरण आवश्यक रहेको बताए ।

केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले स्थानीयस्तरमा नवीकरणीय ऊर्जाका कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारलाई सहजीकरण गर्ने बताए । ‘आगामी दिनमा हरित जलवायुजस्ता अन्तर्राष्ट्रिय कार्बन कोषबाट समेत स्रोत परिचालन गरी यस क्षेत्रको विकास गरिनेछ,’ उनले भने ।

हालसम्म सरकार र विभिन्न विकास साझेदारको सहयोगमा लघुजलविद्युतबाट करिब ३५ मेगावाट विद्युत उत्पादन गरेको छ । यस्तै, १९० ठूलासहित ४ लाख १६ हजारभन्दा बढी बायोग्यास प्लान्ट, ८ लाख ५० हजार बढी सौर्य विद्युत प्रणाली,  १५ लाख सुधारिएको चुलो, ११ हजार पानीघट्टको सुधार गरिएको छ ।

लघुजलविद्युत र सौर्य विद्युत प्रणालीबाट देशका १६ प्रतिशत बासिन्दाले विद्युत उपभोग गरिरहेका छन् । जडित कूल नवीकरणीय ऊर्जा प्रविधिमार्फत् देशका करिब ३५ लाख घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="