Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी

ऊर्जा खबर माघ २२, २०७५   3453

वैकल्पिक ऊर्जा



काठमाडौं– सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुदन अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार (माघ २१ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

ad

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘सर्ट लिस्ट’ गरेका ३ व्यक्तिको नामावलीको आधारमा उच्चतम योग्यताका आधारमा अधिकारी छनोट गरिएको हो । सन् २००६ देखि केन्द्रको सोलार विभागमा कम्पोनेन्ट म्यानेजरको रूपमा सेवा प्रवेश गरेका अधिकारी सन् २०१६, मार्चसम्म त्यहाँ कार्यरत थिए । जलविद्युत तथा नवीकरणीय ऊर्जामा देशभित्र करिब २२ वर्ष काम गरेको उनीसँग अनुभव छ ।

सन् २०१६ मे देखि उनी म्यानमारमा राष्ट्रिय विद्युतीकरण आयोजनाको अन्तर्राष्ट्रिय सल्लाहकारका रूपमा कार्यरत थिए । अघिकारीले यसअघि नेपालस्थित एसियाली विकास बैंक (एडिबी), विश्व बैंकलगायत विकास साझेदार निकायमा काम गरेका थिए ।

ad

मन्त्रालयले पुस २६ गते अनलाइनबाट दर्ता गरी माघ ६ गते (शुक्रबार) मात्र औपचारिक प्रस्ताव पठाएको थियो । पछिल्लो नियमअनुसार सुरुमा अनलाइनबाट दर्ता गरी स्वीकृत भएपछि औपचारिक प्रस्ताव लैजाने प्रावधान छ ।

राष्ट्रिय योजना आयोगका ऊर्जा हेर्ने सदस्य कृष्णप्रसाद ओलीको संयोजकत्वमा गठित समितिले प्राध्यापक लक्ष्मण पौडेल, मधुसुदन अधिकारी र बलबहादुर पराजुलीको नाम ‘सर्ट लिस्ट’ गरेको थियो ।

उक्त पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वैकल्पिक ऊर्जा क्षेत्रमा १० वर्ष काम गरेको अनुभव तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="