Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सौर्य ऊर्जामा आधारित कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव माग

ऊर्जा खबर श्रावण ३१, २०७६   2541

नवीकरणीय ऊर्जा



काठमाडौं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य ऊर्जामा आधारित विविध कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग प्रस्ताव मागेको छ । केन्द्रले चालु आर्थिक वर्षमा सौर्य ऊर्जा प्रविधिबाट विद्युतीकरण तथा सिँचाइ गर्ने कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव मागेको हो ।

विद्युतको पहुँच नपुगेका गाउँपालिका तथा वडा कार्यालयहरुमा स्थानीय तहसँगको लागत साझेदारीमा सौर्य ऊर्जा प्रविधि जडानका कार्यक्रम सञ्चालन गर्न लागेको केन्द्रअन्तर्गतको सौर्य ऊर्जा शाखाले जनाएको छ । शाखाका अनुसार चालु वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका १ सय गाउँपालिका तथा वडा कार्यालयमा सौर्य ऊर्जा प्रविधिबाट विद्युतीकरण गर्ने योजना छ ।

ad

यस्तै, कृषि योग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन करिब २ सय वटा सौर्य ऊर्जा पम्प जडान गर्ने कार्यक्रम छ । परम्परागत ऊर्जाको स्रोतमा जीवन निर्वाह गरिरहेका दलित, आदिवासी जनजाती र पिछडा वर्गमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सौर्य विद्युत प्रणाली प्रविधि जडान कार्याक्रम कार्यान्वयन गरिने भएको छ ।

यसैगरी, संस्थागतर्फ पाठशाला, स्वास्थ्य केन्द्र, सामुदायिक तथा सरकारी अस्पतालमा संस्थागत सौर्य ऊर्जा प्रणाली जडानका लागि पनि केन्द्रले प्रस्ताव आह्वान गरेको छ । ग्रिडमा जोडिने सौर्य ऊर्जा प्रविधि प्रवद्र्धन हुने गरी रुपटफ सोलार कार्यक्रम पनि केन्द्रले चालु वर्षमा सञ्चालन गर्न लागेको छ ।

यो कार्यक्रमका लागि सहुलियत ऋण तथा ब्याज अनुदानको व्यवस्था केन्द्रले गरेको छ । रुपटफ सोलारकार्यक्रम अन्तर्गत घरायसी, व्यावसायिक र औद्योगिक क्षेत्रमा सौर्य ऊर्जा प्रविधि जडान गर्ने केन्द्रको कार्यक्रम छ ।

यसैगरी, विद्युतको पहुँच नपुगेको क्षेत्रका सडक घुुम्ती र दुर्घटनाग्रस्त क्षेत्र तथा सार्वजनिक स्थल गरी देशभरका २५ स्थानमा सौर्य सडक वत्ती जडान गरिने भएको छ ।

कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाले आफुले गर्ने कामको विवरण खुल्ने कागजातसहितको आवेदन दिनुपर्नेछ । आवेदन भदौ २९ गतेसम्ममा दिइसक्नुपर्ने सौर्य ऊर्जा शाखाले जनाएको छ । योग्य व्यक्ति, उपभोक्ता समिति, संघसंस्था र सामुदायिक संस्थाले सम्बन्धित स्थानीय तहको सिफारिससहित आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="