Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

राधी विद्युत कम्पनीको साधारणसभा असार २९ मा

ऊर्जा खबर जेठ २, २०७६   198

खबर



काठमाडौं– राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा असार २९ गते हुने भएको छ । कम्पनीको गत जेठ २७ गते बसेको सञ्चालक समितिको बैंठकले साधारणसभाको मिती तय गरेको हो ।

साधारणसभाले आव २०७४/७५ को वित्तिय अवस्थाको विवरण, आय तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारीत गर्नेछ । यसैगरी, आव २०७५/७६ को लागि लेखा परीक्षक नियुक्ती गरी पारीश्रमिक निर्धारण गर्नेछ ।

ad

साधारणसभाले कर प्रयोजनका लागि समेत हुने गरी ५ प्रतिशत नगद लाभाशं करसहित स्वीकृत गर्ने कम्पनीले जनाएको छ । चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पनि जारी गर्नेछ ।

कम्पनीले २०७५ असार सम्ममा करिब ५ करोड नाफा कमाएको बुधबार सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीले लमजुङमा निर्माण गरेको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनाले विगत लामो समयदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="