Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

फोरजी सेवा विस्तार गर्न चिनियाँ कम्पनीसँग सम्झौता

ऊर्जा खबर माघ २०, २०७५   316

आइ सि टी



काठमाडौं–फोरजी सेवा  देशभर विस्तार गर्न नेपाल टेलिकमले दुई कम्पनीसँग सम्झौता गरेको छ । टेलिकमले चीनको जेडटिई र सिसिएसआई हङकङसँग सम्झौता गरेको हो ।

ad

संसदको अर्थ, विकास तथा प्रविधि समिति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनपछि सेवा विस्तार गर्न आइतबार सम्झौता भएको हो । सार्वजनिक खरिद ऐन रआर्थिक विनियमावलीको दायरामा रहेर सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ( र्यान) स्थापना गर्न सम्झौता गरेको टेलिकमले जनाएको छ ।

सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिई तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरे । देशभर ६५ लाख क्षमताको फोरजी सेवा विस्तार गर्न सम्झौता भएका कम्पनीले एउटा कोर र एउटा र्यान नेटवर्क तयार पार्नेछन् ।

ad

दुई प्रकारको नेटवर्क तयार गर्न मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा राखिने टेलिकमले जनाएको छ । यी नेटवर्कबाट ७ वटै प्रदेशमा फोरजी सेवा विस्तार हुनेछ । सम्झौता अनुसार एक वर्षभित्र नेटवर्क तयार भइसक्नु पर्नेछ ।

टेलिकमले पहिलो पटक २०७३ पुस १७ गते काठमाडौँ र पोखराबाट फोरजी सेवाको सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="