Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ८ हजार घटायो

ऊर्जा खबर बैशाख १०, २०७६   1573

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा करिब ८ हजार ३ सय ८३ रुपैयाँ (७५ अमेरिकी डलर) घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

साविकको मूल्यमा घटाइएको उक्त दर मंगलबार राती १२ बजेपछि लागू हुनेछ । निगमका अनुसार साविकको १ हजार १ सय २५ प्रतिकिलो लिटरमा ७५ डलर घटाएर १ हजार ५० डलर कायम गरेको छ ।

यसैगरी, सञ्चालक समितिले आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम अनुसार हरेक प्रदेशमा एक–एक वटा आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट राख्ने निर्णय गरेको छ । साथै, सबै प्रदेशमा आधुनिक पेट्रोल पम्प निर्माण गरी सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="