Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

केन्द्रको कार्यकारी निर्देशकमा अन्तिम ३ जना सिफारिस, ढकाल बाहिरिए

ऊर्जा खबर पुष २७, २०७५   6256

वैकल्पिक ऊर्जा



काठमाडौं– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकका लागि छनोट समितिले ‘सर्ट लिस्ट’ मा ३ जनाको नाम प्रस्ताव गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका ऊर्जा हेर्ने सदस्य कृष्णप्रसाद ओलीको संयोजकत्वमा गठित समितिले यस्तो निर्णय गरेको हो ।

समितिले प्राध्यापक लक्ष्मण पौडेल, मधुसुदन अधिकारी र बलबहादुर पराजुलीको नाम अन्तिम ३ मा पारेको छ । केन्द्रकै कामु कार्यकारी निर्देशक नवराज ढकाललाई भने ‘सर्ट लिस्ट’बाटै हटाइएको छ ।

उक्त पदमा प्रमोद पोखरेल, रविन्द्र ढकाल, अनन्त घिमिरे, धर्म घिमिरे र शेखर अर्याल लगायतले आवेदन दिएका थिए । कार्यकाल पूरा गरी रामप्रसाद धितालले अवकास पाएपछि पद रिक्त छ ।

सदस्यमध्ये मन्त्रालयका तत्कालीन सचिव अनुपकुमार उपाध्यायले भने राजीनामा दिएर विद्युत नियमन आयोगको अध्यक्ष हुन दौडधुप गरिरहेका छन् । दिनेशकुमार घिमिरे सचिवमा बढुवा भएपछि नाम छनोट गरिएको हो ।

समितिले मन्त्रीसमक्ष आज (शुक्रबार) ३ जनाको नाम सिफारिस गर्ने र उनीहरूलाई आइतबार सम्बन्धित क्षेत्रका विषयमा प्रस्तुती गर्न लगाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ । सोमबार नै कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी छ ।

कामुको जिम्मेवारी दिइएका ढकाललाई भने सूचना प्रकाशनमा उल्लेखित भाषाको व्याख्या गरी प्रतिस्पर्धाबाटै हटाइएको छ । उक्त पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वैकल्पिक ऊर्जा क्षेत्रमा १० वर्ष काम गरेको अनुभव तोकिएको छ ।

ढकालले यस क्षेत्रमा १६ वर्ष काम गरे पनि सूचनामा लेखिएको ‘गरी’ शब्दकै आधारमा उनलाई प्रतिस्पर्धाबाटै हटाइएको मन्त्रालय स्राेतले बतायाे । उक्त शब्दबारे लाेक सेवा आयोगले गरेकाे व्याख्यालार्इ पनि मन्त्रालयले नमानेकाे पनि मन्त्रालयका एक अधिकारीले बताए । कार्यकारी निर्देशकका लागि आवेदन दिएका अन्य ७ सदस्य पनि योग्यता नपुगेको भनी हटाइएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="