Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वैकल्पिक ऊर्जाका स्रोतबाट ५५ मेगावाट विद्युत उत्पादन

ऊर्जा खबर कार्तिक १, २०७६   1663

नवीकरणीय ऊर्जा



काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जाका स्राेतबाट ५५ मेगावाट विद्युत उत्पादन भएको छ ।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे आर्थिक अनुदान कार्यक्रमअन्तर्गत सौर्य, वायु, लघु जलविद्युत तथा जैविक ऊर्जाबाट विद्युत उत्पादन भएको हो ।

अनुदान सहयाेगमा निर्माण तथा जडान भएका आयोजनाबाट उत्पादन भएकाे विद्युतबाट नेपाल विद्युत प्राधिकरणकाे विद्युत सेवा नपुगेका दुर्गम गाउँमा विद्युतीकरण भइरहेकाे केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालले बताए । उनका अनुसार केन्द्र स्थापना भएको २३ वर्ष अवधिमा वैकल्पिक ऊर्जाका कार्यक्रम सहरकाे तुलनामा ग्रामीण भेगमा बढी प्रभावकारी देखिएको छ ।

ad

सरकार तथा विभिन्न दातृ निकायहरुकोसँगको सहकार्यमा दुर्गम गाउँ बस्तीका जनता लक्षित वैकल्पिक ऊर्जाका कार्यक्रम केन्द्रले पुर्याएको उनले बताए । अहिलेसम्ममा केन्द्रको अनुदान सहयोगमा निर्माण भएका लघुजलविद्युत आयोजनाबाट मात्रै ३२.१५ मेगावाट विद्युत उत्पादन भएको छ ।

यस्तै, सौर्य वायु तथा मिनि ग्रिड आयोजनाबाट ५६३ किलोवाट विद्युत उत्पादन गरेर दुर्गम गाउँमा विद्युतीकरण गरिएको छ । कुटानी पिसानीका लागि ११ हजार बढी पानी घट्ट सञ्चालनमा रहेको उनले बताए ।

४ लाख २५ हजार ५ सय ११ वटा वायो ग्यास प्लान्ट जडान भएका छन् । ग्रामीण भेगमा वायाे ग्यास प्लान्ट जडान हुँदा गृहिणी महिलामा धुवाँका कारण हुने श्वास प्श्वासकाे समस्या हटेकाे उनले दाबी गरे ।

यसैगरी १४ लाख २३ हजार २ सय ४२ वटा सुधारिएको चुलो जडान भएका छन् । सुधारिएकाे चुलाे कार्यक्रमले घरकाे भान्छा धुवाँमुक्त भइ वन विनास न्युनिकरण भएकाे उनले बताए । ८५ हजार बढी फलामको चुलो केन्द्रकै पहलमा जडान भइ सञ्चालनमा छन् ।

सहरी क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि केन्द्रकै अनुदान सहयोगमा ठूलो वायो ग्यास प्लान्ट निर्माण गरेर ग्यास उत्पादन गरिएकाे छ । अहिले देशभरमा २ सय ४७ वटा ठूला वायो ग्यास प्लान्ट निर्माण भइ सञ्चालनमा छन् ।

यी प्लान्टबाट उत्पादन भएकाे ग्यास स्थानीय क्षेत्रमा पाइप लाइनबाट वितरण गरिएकाे केन्द्रले जनाएकाे छ । केही प्लान्टले सिलिन्डरमा भरेर स्थानीय हाेटलमा बिक्री वितरण गरिररहेका छन् । आयातित ग्यास प्रतिस्थापन गर्ने उद्देश्यले केन्द्रले ठूला वायाे ग्यास निर्माणमा केन्द्रले अनुदान दिन थालेकाे हाे ।

यसैगरी देशभरका ९ लाख ११ हजार ९७ घरधुरीमा साैर्य ऊर्जा प्रविधि जडान गरेर केन्द्रले विद्युत सेवा पुर्याएकाे छ । विद्यालय, अस्पताललगायत करिब २ हजार सामूदायिक संघ संस्थामा पनि सौर्य ऊर्जा प्रविधिबाट विद्युतीकरण गरिएकाे छ ।

सहरी क्षेत्रका २१ हजार १ सय ४४ घरमा सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । ग्रामिण भेगका १३ सय ६४ स्थानमा सोलार पम्प प्रविधिबाट खानेपानी तथा कृषियोग्य भूमि सिँचाइकाे सुविधा पुर्याइएकाे छ ।

२०५३ साल कात्तिक १८ गते स्थापना भएको केन्द्रले सोमबार २३औं वार्षिकोत्सव मनाएको छ । संघीयता कार्यन्वयनपछि संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा ऊर्जा दक्षता एवं हरित जलवायु कोष अन्तर्गतका कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने केन्द्रकाे याेजना छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="