Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सचिव उपाध्यायले राजीनामा दिए, आयोग अध्यक्षको दौडमा

मङि्सर २०, २०७५   705

खबर



काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन करिब ३ महिना बाँकी रहँदा उनले राजीनामा दिएका हुन् ।

उपाध्यायको राजीनामा बुधबार (हिजो) बाट लागु हुने गरी मन्त्रीपरिषदले स्वीकृत गरेको मन्त्रालय स्रोतले जानकारी दियो । स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत नियमन आयोगको अध्यक्ष नियुक्त गर्ने संकेत (ग्रिन सिग्नल) पाएपछि उनले राजीनामा बुझाएका हुन् ।

वाहल रहेकै अवस्थामा सरकारी कर्मचारीले आयोग पदाधिकारीमा आवेदन दिन पाउँदैनन् । यही कारण उपाध्यायले पदबाट राजीनामा दिएको पनि मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उनी आगामी चैतमा सचिवको ५ वर्षे सेवा अवधि पूरा गरी अवकास हुँदै थिए । आयोग पदाधिकारी नियुक्तिका लागि गत गत कात्तिक ३० गते आवेदन आह्वान गरिएको थियो । बिहीबार आवेदन दिने अन्तिम दिन थियो ।

आयोगको अध्यक्ष हुन सरकारको सचिव वा अर्थशास्त्र, विज्ञान, राजनीतिशास्त्र, वाणिज्यशास्तमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा २५ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । यस्तै, सदस्यका लागि उल्लेखित विषयमा स्नातकोत्तर गरी सम्बन्धित विषयमा १५ वर्ष अनुभव हासिल गरेको योग्यता तोकिएको छ ।

ऐनको दफा ६ को (ङ) अनुसार आफू वा आफ्नो एकाघरको परिवारको सदस्य विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारमा संलग्न कुनै कम्पनी वा त्यस्तो कम्पनीको सहायक कम्पनी, फर्म वा संस्थाको संस्थापक, व्यवस्थापकीय तह, सेयरधनी वा सञ्चालक, लेखापरीक्षक वा सल्लाहकारको हैसियतमा संलग्न रहेको वा त्यस्तो हैसियतबाट अलग भई कम्तिमा ३ वर्षको अवधि व्यथित नभए अध्यक्ष वा सदस्य हुन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="