Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१० जलविद्युत कम्पनी सेयर निष्कासनको अनुमति माग्दै आयोगमा

ऊर्जा खबर श्रावण ०७, २०७६   2537

सेयर



काठमाडौं– साधारण तथा हकप्रद सेयर निष्कासन अनुमति तथा स्वीकृति माग्दै १० जलविद्युत कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएका छन् । ऊर्जा उत्पादन गर्ने व्यक्ति तथा निकायले सेयर निष्कासन गर्दां अनुमति लिनुपर्ने व्यवस्थापछि कम्पनीहरू आयोग पुगेका हुन् ।

ad

आवेदन दिने कम्पनीहरूमा अपि पावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, ङादी ग्रुप लिमिटेड, ग्रिन लाइफ इनर्जी प्रालि, लिबर्टी हाइड्रो पावर प्रालि, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रो पावर प्रालि छन् । ४ कम्पनीले नियमअनुसार करिब १ अर्ब २० करोड रुपैयाबराबरको सेयर निष्कासन गर्न आवेदन दिएको आयोगले जानेको छ ।

यसैगरी, शिवश्री हाइड्रो पावर, दोर्दी खोला जलविद्युत कप्पनी, मैलुङ खोला जलविद्युत कम्पनी र सिंगटी हाइड्रो इनर्जीले पनि सेयर निष्कासन स्वीकृतिका लागि आवेदन दिएका छन् । ती मध्ये अपि पावरले हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ ।

आयोगले गत असार १६ गते विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासन सम्बन्धी निर्देशिका जारी गर्दै अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । प्राप्त आवेदन उपर छलफल भइरहेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।

‘अहिलेसम्म प्रक्रिया पुर्याएर आएका कम्पनी ४ वटा मात्र छन्, हामी छलफल गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘एक–दुई सातामा स्वीकृति दिने प्रक्रिया सुरु हुन्छ ।’ आवेदन दिने कम्पनीले पहिला प्रक्रिया पुर्याउनुपर्ने उनले बताए ।

आयोगका अनुसार माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी, लिबर्टी इनर्जी र ग्रिन लाइफले नियमअनुसार क्रमशः ३९ करोड ३६ लाख ५ हजार ४ सय, १० करोड ५० लाख, ३४ करोड ९७ लाख ४० हजार र ३४ करोड ९७ लाख ४० हजार रुपैयाँकाे सेयर निष्कासन गर्ने तयारी गरेका छन् ।  शुल्क तिरेर आएका कम्पनीको काम छिटो टुंग्याइदिने पनि अध्यक्ष सिंहले बताए ।

अपि पावरले दार्चुलामा साढे ८ मेगावाटको नौगाड, ङादी ग्रुपले लमजुङमा ५ मेगावाटको सिउरी र मैलुङ तथा माउन्टेन इनर्जीले नुवाकोटमा ५–५ मेगावाटका मैलुङ तथा तादी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेका छन् ।

ग्रिन लाइफ, लिबर्टी, युनाइटेड, शिवश्री, दोर्दी, र सिंगटी हाइड्रोले क्रमशः दोलखामा ४० मेगावाटको खानी खोला–१, लमजुङमा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, कास्कीमा ७ मेगावाटको मर्दी खोला, सिन्धुपाल्चोकमा २२.२ मेगावाटको अप्पर चाकु, लमजुङमा १२ मेगावाटको दोर्दी खोला, दोलखामा २५ मेगावाटको सिंगटी निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="