advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

८ वर्षमा पनि बनेन रामेछाप–ओखलढुंगा जोड्ने लिखु नदीको पुल

   चैत १९, २०७४        1362        ऊर्जा खबर/रामेछाप

ठेकेदारको लापरबाही र स्थानीय सरकारको बेवास्ताले ८ वर्ष हुँदासम्म लिखु नदीमा निर्माण भइरहेको पुलको काम पूरा भएको छैन । रामेछाप र ओखलढुंगा जोड्ने लक्ष्यले पुल निर्माण अघि बढाइएको हो ।

पुल निर्माणको ठेक्का पाएको ओमबुद्ध कन्सट्रक्सन कम्पनीले काम नगर्दा समस्या उत्पन्न भएको छ । अलपत्रजस्तै रहेको पक्की पुल एक वर्षभित्र पूरा गर्ने ठेकेदारको प्रतिबद्धता छ । काममा ढिलाई भएपछि सांसद यज्ञराज सुनुवार तथा सरोकारवाला पक्षबीच छलफल भएको छ । छलफलअनुसार एक वर्षभित्र काम सक्नुपर्ने समयावधि तोकिएको छ ।

२०७५ सालभित्र निर्माण पूरा गरी २०७६ वैशाखबाट यातायात सुरु गर्ने लक्ष्य राखिएको छ । लक्ष्यअनुसार नै काम गर्न ठेकेदार सहमत भएको सांसद सुनुवारले बताए ।

ओमबुद्धले काम नगरेपछि अहिले कन्काई इन्टरनेशनल विल्डर्सलाई निर्माणको जिम्मा दिइएको छ । २ वर्षमा पूरा गर्ने गरी २०६८ सालमा काम सुरु भएको सिरिसेस्थित लिखु खोलाको पुलको काम ६ वर्षसम्म ५० प्रतिशत पनि पूरा भएको छैन । स्टिल ट्रस र पहुचमार्ग समेत पूरा भएको छैन ।

निर्माणमा ढिलाई भएपछि ओखलढुंगाबासी ठेकेदारसँग आक्रेसित छन् । तर, व्यवस्थापन मिलाएर स्थानीय सरकारले काम गराउन सकेको छैन । ६० मिटर लामो उक्त पुल ५ करोड ८६ लाख रुपैयाँमा पूार गर्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7