advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोल र डिजेलको मूल्य बढ्यो, डिजेलमा अझै एक रुपैयाँ घाटा

   चैत १९, २०७४        1097        ऊर्जा खबर/काठमाडौं

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । भारतीय बजारमा बढेकाले निगमले सोही अनुसार मूल्य समायोजन गरेको हो ।

बढेको मूल्य सोमबार राती १२ बजेबाट लागू हुनेछ । यसअघि पेट्रोल १ सय ३ रुपैयाँ तथा डिजेलको ९७ रुपैयाँ थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ६५ अमेरिकी डलर पुगेको छ ।

मूल्य बढे पनि डिजेलमा अझै पनि ९६ पैसा घाटा रहेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । मूल्य समायोजनपछि आगामी अप्रिल १५ सम्म करिब २० करोड रुपैयाँ नाफा हुने निगमको अनुमान छ । मूल्य समायोजन नभएको भए ५० लाख रुपैयाँ निगमलाई नोक्सान हुने थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7