विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नारायणगढ–मुग्लिन सडक खण्डमा १४ पुल निर्माण हुने

   चैत २०, २०७४        2246        ऊर्जा खबर/काठमाडौं

काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने अर्थात् देशको मुख्य व्यापारिक मार्गको नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा पुल निर्माण गरिने भएको छ । सबै पुल विश्व बैंकको सहयोगमा निर्माण गरिनेछ ।

असारभित्र विश्व बैंकसँग सम्झौता गरी काम सुरु गरिने सडक विभाग वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार सबै पुल निर्माणको लागत करिब २ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सडक फराकिलो तर पुल साँघुरा हुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ । यो खण्डको सडक अहिले ४ लेनमा विस्तार भइरहेको छ । दुवैतर्फ सवारी गुड्न मिल्ने गरी पुल निर्माण हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताए ।

सडक विस्तारको काम अब करिब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । आगामी जेठ १५ भित्र सडक विस्तार तथा स्तरोन्नतीको काम पूरा हुने विभागको दाबी छ ।

समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तोकिएको समयमै काम सम्पन्न गर्न सडक विभागालाई निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7