विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मन्थली–रामेछाप सडक निर्माणमा चरम लापरबाही

   चैत २५, २०७४        1717   

मन्थलीदेखि पुरानो सदरमुकाम रामेछापसम्म जोडने सडक निर्माणमा चरम लापरबाही भएको देखिएको छ । निर्माण पूरा नहुँदै ठाउँ–ठाउँमा भत्किन सुरु भएको छ । यो लापरबाहीको उदाहरण हो ।

मन्थली–रामेछाप १७ किलोमिटर सडक कालोपत्रे गर्ने काम बज्रगुरु कन्सट्रक्सनले पाएको छ । ठेक्का सम्झौता भन्दा एक वर्ष ढिलो पूरा भएको सडक अहिले भत्किन थालेको छ ।

१४ करोड ६५ लाख रुपैयाँमा निर्माण जिम्मा लिएको कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको खुलासा भएको छ । यही कारण विभिन्न ठाउँमा सडक भत्किन थालेको स्थानीयले बताएका छन् ।

निर्माणक्रममा स्थानीयले पटक–पटक सिमेन्ट नपुगेको तथा कमजोर नाला निर्माण गरेको भन्दै सडक विभागमा उजुरी दिएका थिए । तर, विभाग मातहत निकायले समयमै ध्यान नदिँदा करोडौं रुपैयाँ बालुवामा खन्याएझैँ भएको छ ।

सडक निर्माणक्रममा देखिएको लापरबाही छानबिन गर्नुपर्ने स्थानीयको माग छ । सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख राकेश महर्जनले कालोपत्रे भत्किएको बारे आफूलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7