advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तीन वर्षपछि फेरिँदै मित्रपार्क–गौरीघाट सडक

   चैत २५, २०७४        478   

विगत ३ वर्षदेखि धुलो धूवाँले सास्ती खेप्दै आएका चावहिल, मित्रपार्क तथा गौरीघाट क्षेत्रका बासिन्दाले अब यसबाट मुक्ति पाउने भएका छन् । लामो समयदेखि रोकिएको सडक निर्माण सुचारु भएपछि धुलोमुक्त हुने आशा बढेको हो ।

मित्रपार्कदेखि गौरीघाटसम्म करिब ५०० मिटर दूरी सडक निर्माणक्रममा वर्षौंदेखि अलपत्र थियो । सुधार तथा स्तरोन्नत गर्न सडक विभागले ३ वर्षअघि ठेक्का गरेको थियो । निर्माण भएको केही समयमै भत्केर धुलो उड्न थालेको स्थानीयबासी बताउँछन् ।

सडकमा पानी निकासको उचित व्यवस्थापन नहुँदा सडक समयघि नै बिग्रिएको थियो । सडक भत्केपछि सरकारले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ ।

३ वर्षसम्म सरकारी क्षेत्रबाट कुनै काम नभएपछि स्थानीय टोल सुधार समितिको पहलमा सडक सुधारको काम सुरु भएको छ । ‘सडक ढलान हुँदैछ, यसपछि धुलो पनि हुदैन, सास्ती पनि बेहोर्नु पर्दैन,’ स्थानीय श्रीप्रसाद कुइँकेलले भने, ‘पक्की बाटो बनेपछि बल्ल ढुक्क हुने भयो ।’

‘बाटो बनेपछि धुलो पनि कम हुने र आयु पनि लम्बिने भयो,’ स्थानीय बिन्दा श्रेष्ठले भनिन्, ‘जनताकै मतको खाँचो रहेछ, हामी नबोलेसम्म केही नहुने भयो ।’ टोल सुधार समितिको सक्रियताले त्यही संकेत दिएको उनले बताइन् ।

गौरीघाटतिर झर्ने सडक ओरालो भएकाले यहाँ बर्खाको पानी उचितरूपले निकास हुनुपर्छ । यस्तै, खानेपानी बोकेर ओहोरदोहोर गर्ने ट्यांकरले चुहाउने पानीले पनि सडक भत्काउने गरेको छ ।

पानी निकासको व्यवस्थापन गर्दै सुन्दर टोल निर्माण गर्ने योजना अनुसार काम भइरहेको स्थानीय टोल सुधार समितिका महासचिव प्रेमबहादुर श्रेष्ठले बताए ।

सडक ढलान गर्न १५ दिन लाग्ने हुँदा त्यति समयसम्म यातायात बन्द गरिनेछ । १५ दिनसम्म उक्त रुट हुँदै गोठाटार, कुमारीगाल, जोरपाटी, नारायणटार जाने सवारी आवागमनमा असर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7