विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेयर बजार सुधारको बाटोमा, जलविद्युत समूह ७२ अंकले बढ्यो

   चैत २५, २०७४        351        ऊर्जा खबर/काठमाडौं

केही दिनदेखि सुधारोन्मुख सेयर बजार साताको पहिलो दिन (आइतबार) को कारोबारमा उलेख्य सुधार भएको छ । आइतबार बजार बन्द हुँदासम्म नेप्से ४४.२६ अंकले बढेर १२९४.६५ मा रोकिएको छ ।
आइतबार १ सय ५६ कम्पनीको सेयर १० हजार ७ सय ४६ पटक किनबेच ह्ँदा ९१ करोड ७७ लाख ८९ हजार ८ सय ५९ रुपैयाँको कारोबार भएको थियो ।
यस्तै, आइतबार सबैभन्दा बढी बिमा समूहको सेयर ३५८ अंकले बढेको छ । बढ्ने दोस्रोमा लघुवित्त र तेस्रो स्थानमा जलविद्युत समूह छन् । लघुवित्त ८५.६६ अंकले बढ्दा जलविद्युत ७२ अंकले बढेको छ ।
जलविद्युत कम्पनीको सेयर लगानीमा आकर्षण बढिरहँदा बजारमा सुधार देखिनुलाई सकारात्मकरूपमा लिइएको छ । फागुन र चैतका सुरु दिनमा सेयर बजार पहिरो गएजस्तै ओरालो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7