advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

संघीयता अनुसार पुनर्निर्माण प्राधिकरणको संरचना परिवर्तन

   चैत २६, २०७४        393        ऊर्जा खबर/काठमाडौं

देश संघीय ढाँचामा गइसकेपछि त्यही अनुसार काम अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरचना परिवर्तन गरेको छ ।
गत चैत्र २० गतेको प्राधिकरणको बैठकले संघीय संरचनाअनुसार विभिन्न मन्त्रालय अन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाइ प्राधिकरणको प्रत्यक्ष मातहतमा ल्याउने निर्णय भएको हो ।
चैत्र २९ गतेबाट सुरु हने संघीय संरचनाको स्वरुप परिवर्तन सँगै प्राधिकरणले गर्ने आयोजनाहरुको समायोजन प्रक्रिया गर्ने भएको हो । आयोजनाको समायोजन प्रक्रिया अन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधारको विकास, शिक्षा, आर्थिक क्षेत्र र कर्मचारी व्यवस्थापन गरिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
आयोजना समायोजन प्रक्रिया अन्तर्गतअनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारको विकासका लागि केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय समायोजन तथा कर्मचारी दरबन्दीको व्यवस्था गरिने छ ।
समायोजन कार्यक्रम अन्र्तगत भूकम्प प्रभावित ३१ जिल्लाका निजि आवास, विद्यालयको संरचना सुधार, सरकारी भवनको विकास गर्नेको लागि सहजीकरण गर्ने प्राधिकरणका प्रवक्ता भुसालले बताए ।
त्यस्त,ै शिक्षाका क्षेत्रमा केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको कर्मचारी समायोजन र दरबन्दिका कार्यक्रम रहेका छन् । उक्त कार्यक्रम अन्तर्गत शिक्षाका केन्द्रीय अन्र्तगत एउटा र २० जिल्लाका लागि आयोजना कार्यान्वयन निकाय रहनेछ ।
पुरानो संरचनाबाट सञ्चालित आर्थिक कारोबारलाई प्रणालीलाई पनि समायोजन गरि व्यवस्थित गरिने भएको छ । यस्तै, पुननिर्माण सम्बन्धि ऐन नियमावलि र कार्यविधिलाई पनि नयाँ ढङगबाट अघि बढाउने प्रवक्ता भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7