विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मेलम्चीको सुरुङ ८ वर्षपछि आज छेडिँदै, असारसम्म पानी झार्ने लक्ष्य

   चैत २७, २०७४        4335   

उपत्यकाबासीको सपना बनेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुरु भएको झन्डै ८ वर्षपछि पूरा हुँदैछ । मंगलबार रातीसम्म साढे २७ किलोमिटर सुरुङ छेडिने भएको छ ।

दक्षिण एसियामा खानेपानीका लागि निर्माण भएको सम्भवतः यो पहिलो लामो सुरुङ हो । सुरुङ खन्न मंगलबार दिउँसोसम्म करिब ३ मिटर बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘कमजोर भूगोल भेटिएकाले सोमबार ३.१ मिटरमात्र खनियो, हिजो बढी खनेको भए आज साँझसम्म पूरा हुन्थ्यो,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘अब आज रातीसम्म काम सकिन्छ ।’ सुरुङ सफाइ तथा फिनिसिङलगायत काम आगामी तीन महिनाभित्र पूरा भए २०७५ असारसम्म काठमाडौमा पानी झार्न सकिने उनले बताए ।

कूल लम्बाई साढे २७ किलोमिटर भए पनि पानी ल्याउने सुरुङ २६ किलोमिटर हो । काठमाडौंको खानेपानी समस्या समाधान गर्न सरकारले झन्डै २६ वर्षअघि सिन्धुपाल्चोक मेलम्ची खोलाको १७ कराेड लिटर पानी ल्याउने योजना अघि बढाएको थियो ।

ठेक्कापट्टा गरेर सुरुङ निर्माणको काम सुरु भएको नै करिब ७ वर्ष १० महिना पूरा भएको छ । सुरुङ निर्माण गर्न दुई पटक ठेक्का सम्झौता भएको हो । पहिलो पटक चिनियाँ कम्पनी ‘चाइना रेल्वे १५ ब्यूरो’ सँग सन् २०१०, जुन महिनामा ठेक्का भएको थियो ।

उक्त कम्पनीले सन् २०१२ को सेप्टेम्बरसम्म काम गरेर छोड्यो । रकम अभाव, सरकारले भुक्तानी नदिएको र आयोजनास्थलमा काम गर्न नपाएको लगायत बाहना बनाएर काममा आलटाल गरेपछि सरकारले नै ठेक्का तोडेको थियो ।

चिनियाँ कम्पनीसँग ठेक्का तोडिएपछि करिब २ वर्ष काम बन्द भयो । सन् २०१४ को जुन महिनामा इटालियन ठेकेदार सिएमसी राभेनासँग ठेक्का सम्झौता भएको थियो । यो कम्पनीले काम सुरु गरेको ४ वर्ष ३ महिना भयो ।

चिनियाँ कम्पनीले २ वर्ष ३ महिनामा साढे ६ किलोमिटर काम गरेको थियो । इटालियन ठेकेदारले पनि अनेक बाहनामा कहिले काम रोक्दै र सुरु गर्दै २१ किलोमिटर सुरुङ पूरा गर्न लागेको छ ।

खन्ने काम पूरा भए पनि फिनिसिङ गर्न ५–६ महिना लाग्ने देखिएको छ । आयोजनाका अनुसार दैनिक ५ किलोमिटर सफाइ गरे पनि काम पूरा गर्न करिब ५ महिना लाग्छ । यसो हुँदा २०७५ दशैंसम्म काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने आश गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7