advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तामाकोसीबाट विद्युत उत्पादनपछि आर्थिक वृद्धि ५.५ प्रतिशत पुग्ने : एडिबी

   चैत २८, २०७४        2329   

देशकै सबैभन्दा ठूलो निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन भएपछि आर्थिक वृद्धिदर साढे ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी) ले चालू तथा आगामी आर्थिक वर्षको समग्र विकास परिदृष्यबारे विश्लेषण गर्दै तामाकोसीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको हो ।

गत आव (२०७३/७४) को तुलनामा चालू आव (२०७४/७५) मा वृद्धिदर घटेर ४.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा आर्थिक वृद्धि ६.९ प्रतिशत थियो । आगामी आव (२०७५/७६) मा माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन हुने हुँदा यसले अर्थतन्त्र उकास्ने आकलन छ ।

तामाकोसीको विद्युत केन्द्रीय प्रणालीमा जोडिने र निजी क्षेत्रका आयोजना पनि निर्माण हुने हुँदा आउँदो वर्ष अर्थतन्त्रका लागि सकारात्मक हुने एडिबीका आवासीय निर्देशक मुख्तोर हामुदखानोभले बताए ।

बर्खामा भारतबाट विद्युत आयात गरेर समस्या समाधान भइरहेकोमा आउँदो वर्षपछि यसमा कमी आउने अनुमान छ । उद्योग तथा कलकारखानाले नियमित विद्युत पाउने हुँदा अर्थतन्त्र सुधारोन्मुख रहेको मुख्तोरको भनाइ छ ।

यस्तै, बर्खामा पर्याप्त विद्युत उपयोग हुने हुँदा यसले अर्थतन्त्रका केही सूचकलाई माथि उकास्ने एडिबीको अनुमान छ । एडिबीका अनुसार आगामी वर्ष पूर्वाधारसँग सम्बन्धित अन्य आयोजनाको गुणस्तर र परिमाणमा पनि उल्लेख्य सुधार हुनेछ ।

आर्थिक वृद्धि सुधार भए पनि मूल्यवृद्धिमा भने खासै सुधार हुने देखिँदैन । गत आवमा ४.५ प्रतिशत रहेको मूल्यवृद्धि चालू आवमा ५.५ प्रतिशत पुग्ने देखिएको छ । यस्तै, आगामी आवमा यो बढेर ६ प्रतिशत पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले भने चालू आवमा मूल्यवृद्धि ७ प्रतिशत पुग्ने अनुमान गरेको छ । निर्यातको अवस्था कमजोर रहेको र आयात बढिरहेकाले मूल्यवृद्धि बढ्ने आकलन छ ।

चालू आवमा धानको उत्पादनमा कमी आउने तथा औद्योगिक क्षेत्रको विकास अपेक्षितरूपमा नहुने हुँदा वृद्धिदर खुम्चिने आकलन छ । तुलनात्मकरूपमा कूल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान पुर्याउने मुख्य कृषि उत्पादन घट्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7