advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

६ किलोमिटर सडक ३ वर्षदेखि अलपत्र, स्थानीयलाई यातना

   चैत २८, २०७४        622        ऊर्जा खबर/काठमाडौं

तीन वर्षअघि निर्माण सुरु भएको टेकु–शोभाभगवती मन्दिर जोडने सडकको काम अझै पूरा भएको छैन । स्थानीय सरकारको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण स्थानीयले यातना खेपनु परेको छ ।

एकीकृत अधिकार सम्पन्न बागमती विकास समितिले महादेवखोला दोभानसम्म ६ किलोमिटर निर्माण अघि बढाएको थियो । विष्णुमती खोला संरक्षण र ढलमुक्त बनाउने लक्ष्य राखे पनि त्यो अहिले अलपत्र छ ।

६ किलोमिटरमध्ये तल्लो र माथिल्लो खण्ड गरी ३/३ किलोमिटरमा बाँडेर काम सुरु भएको थियो । समितिले खोला संरक्षण र ढल व्यवस्थापनको ठेक्का लगाएको हो । निर्माणको जिम्मा पाएको लुम्बिनी गौरी पार्वती, कोन्ट्रेक जेभी तथा शर्मा, एपेक्स, कान्छाराम जेभीले निर्माण अलपत्र छोडेका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको काम आर्थिक वर्ष २०७४/७५ भित्र पूरा गर्ने लक्ष्य थियो । तर, समितिले ९ महिनापछि निर्माणको जिम्मा लिएर ठेक्का लगाएको थियो । हालसम्म ६५ प्रतिशत काम पूरा भएको समितिले जानकारी दिएको छ ।

१ अर्ब लागतमा पूरा गर्ने लक्ष्य राखिएको सडक निर्माणमा अहिलेसम्म ५७ करोड रुपैयाँ खर्च भएको छ । सडक निर्माण क्रममा खोलाको दुईतिर ढल राख्ने, पर्खाल लगाउने, घाट र पुरातात्विक वस्तु संरक्षण गर्ने काम भइरहेको आयोजनाका उप–प्रमुख योगेन्द्र चित्रकारले बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7