विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बेतन कर्णालीमा नबिल र एसबिआई बैंकले पनि लगानी गर्ने

   चैत २९, २०७४        1362   

कर्मचारी सञ्चय कोषको अगुवाईमा निर्माण हुने भनिएको ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनामा दुई बैंकले ऋण लगानी गर्ने भएका छन् ।

लगानी गर्नेबारे बिहीबार कोष, नेबिल बैंक तथा नेपाल एसबिआई बैंकबीच समझदारी भएको छ । सुर्खेतमा निर्माण हुने उक्त आयोजनाका लागि आवश्यक रकम सहवित्तीयकरणमा लगानी गरिने भएको छ ।

आयोजना निर्माण गर्न आवश्यक रकममध्ये २५ अर्ब रुपैयाँ सहवित्तीयकरणमा लगानी हुने जनाइएको छ । समझदारीमा कोषका तर्फबाट कार्यवाहक प्रशासक दीपक रौनियार, एसबिआईका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर र नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरे ।

आयोजना निर्माण गर्न सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरिएको छ । कम्पनीमा अधिकृत पँुजी २० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ छ । कोषमा रकम जम्मा गर्ने ५ लाख ५० हजार कर्मचारीमध्ये ५० हजार सञ्चयकर्ताको ४० प्रतिशत, कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत र विद्युत उत्पादन कम्पनीको १० प्रतिशत सेयर लगानी छ । बाँकी २५ प्रतिशत सेयर सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दाका लागि छुट्ट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7