advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२०७४ सालमा सय मेगावाट विद्युत थपियो

   चैत ३०, २०७४        2125        ऊर्जा खबर/काठमाडौं

अघिल्ला वर्षजस्तै चालू वर्ष पनि विद्युत उत्पादनले खासै लय समातेन । महत्वाकांक्षी योजना तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन सन्तोषजनक रहेन ।

चालू आर्थिक वर्ष (२०७४ साउनदेखि २०७५ असारसम्म) मा २ सय १४ मेगावाट विद्युत उत्पादनको लक्ष्य थियो । यद्यपि, बैशाखदेखि चैतसम्मको वर्ष दिन गणना गर्दा करिब २ सय मेगावाट उत्पादन हुने अनुमान थियो ।

अघिल्ला वर्षजस्तो निराशा त छाएन । तर, लक्षित उपलब्धि हासिल भएन । चालू वर्ष (बैशाख–चैत) सम्म नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र गरी करिब १ सय २ मेगावाट विद्युत प्रणालीमा थपिएको छ ।

चालू वर्ष प्रणालीमा जोडिएको सबैभन्दा ठूलो आयोजना दार्चुलामा निर्माण भएको ३० मेगावाटको चमेलिया हो । यो आयोजना निर्माण सुरु भएको झन्डै ११ वर्षमा पूरा भएको थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ २७ गते उदघाटन गरेका थिए ।

७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना निर्माणको १० वर्षपछि प्राधिकरणले चमेलिया निर्माण गरेको हो । यो वर्ष बाँकी विद्युत निजी क्षेत्रबाट थपिएको छ ।

१३औं आवधिक योजना अर्थात् आर्थिक वर्ष २०७३/७४ सम्म १ हजार ४ सय २६ मेगावाट जडित क्षमता पुर्याई ८७ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याउने लक्ष्य थियो । यो वर्ष २ सय मेगावाट विद्युत थपिनुपर्नेमा ५८ प्रतिशतमात्र उपब्धि हासिल भएको थियो ।

चालू वर्ष प्रणालीमा करिब एक हजार ५० मेगावाट विद्युत उपलब्ध छ । यो वर्ष निजी क्षेत्रबाट सबैभन्दा ठूलो १३.६ मेगावाटको थापाखोला हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7