विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेप्से सकरात्मक, जलविद्युत समूह १२ अंकले बढ्यो

   बैशाख ०३, २०७५        306        ऊर्जा खबर/काठमाडौं

आज (सोमबार) पनि नेप्से उकालो लागेको छ । सोमबार बजार बन्द हुँदा १ सय ६७ कम्पनीको ६ हजार ८ सय ४ पटक ५७ करोड ६८ लाख ६१ हजार ८ सय ८३ रुपैँयाको कारोबार हँुदा सेयर बजारमा १७ अंकभन्दा बढीले बढेर १२९७.५७ पुगेको छ ।

सोमबार सबैभन्दा नेप्सेमा बिमा समूहको सबैभन्दा धेरै १९२.५८ अंकले बढेर ६४३७.४० पुगेको छ भने दोस्रोमा होटल समूहको ३६.११ ले बढेर १९१८.५१ पुगेको छ ।

त्यस्तै, बजार बन्द हँुदासम्म जलविद्युत समूह तर्फको सेयर १२.२३ अंकले बढदा १५१५.७७ मा पुगेको हो । नेप्सेको कारोबार २०७४ सालमा घटेको भए पनि यस साल लागेपछि भने नेप्से उकालो लाग्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7