advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत आयोजना छनोट गर्नुस्, बंगलादेशले लगानी गर्छ : राजदूत बिन्ते

   बैशाख ०३, २०७५        1143        ऊर्जा खबर/काठमाडौं

नेपालको जलविद्युत विकासमा लगानी गर्न बंगलादेश तयारी अवस्थामा बसेको बंगलादेशी राजदूत मस्फी बिन्ते साम्सले बताएकी छन् । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।
भेटमा मन्त्री पुनले नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका थिए । साथै, ऊर्जा क्षेत्रमा नेपाल र बंगलादेशबीच सहकार्य जरुरी रहेको उनले भने, ‘स्थायी सरकार गठन भएकाले लगानीमैत्री वातावरण तयार भएको छ । यो लगानीको उपयुक्त मौका पनि हुनेछ ।’ मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको पनि प्रस्ट पारे ।
साम्सले नेपालले उपयुक्त आयोजना छनोट गरेर प्रस्ताव गरे त्यसमा तुरुन्तै लगानी जुट्ने भन्दै आश्वासन दिइन् । ‘सरकार मात्र होइन, हाम्रो निजी क्षेत्रसमेत नेपालको जलविद्युतमा लगानी गर्न तयार छ,’ उनले भनिन्, ‘तर, नेपालले आयोजना दिनुपर्छ ।’
मन्त्री पुनले आयोजना छनोट भइरहेकाले छिट्टै यसबारे जानकारी गराइने बताए । उनले बंगलादेशी ऊर्जा मन्त्रीको नेपाल भ्रमणमा यसबारे छलफल गरी आयोजना प्रस्ताव गरिने उनको भनाइ थियो । बंगलादेश नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेकाले आफ्ना ऊर्जा मन्त्री छिट्टै भ्रमणमा आउने राजदूत साम्सले जानकारी दिइन् ।
साम्सका अनुसार सन् २०२१ सम्म वंगलादेशलाई १३ हजार मेगावाट विद्युत आवश्यक पर्छ । नेपालको विद्युतका लागि बंगलादेश वैकल्पिक बजार हुन सक्छ । ऊर्जा विकासमा सहकार्य भए यसमा सहयोग गर्न भारतलाई समेत आग्रह गरिने राजदूत साम्सको भनाइ छ ।
बंगलादेशकी प्रधानमन्त्री सेख हसिना भारत भ्रमणमा जाँदा विद्युत क्षेत्रमा नेपालसँग सहकार्य गर्नुपर्ने विषय उठेको थियो । यसमा भारत निकै सकारात्मक रहेको पनि राजदूत साम्सले उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7