advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पोखरामा पनि मोनोरेल निर्माण हुने, विभागले अध्ययन सुरु गर्याे

   बैशाख ०५, २०७५        1429        ऊर्जा खबर/काठमाडौं

सरकारले पोखराको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले मोनोरेल निर्माण योजना अघि बढाएको छ । रेल विभागले यसको प्रारम्भिक अध्ययन समेत सुरु गरेको छ ।

काठमाडौं उपत्यकामा जस्तै सवारी व्यवस्थापन तथा सहरी सौन्दर्य बढाउन मोनोरेल निर्माणबारे अध्ययन सुरु भएको छ । यो पोखरा जस्तो सुन्दर सहरमा पनि विस्तार गर्न लागेको विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

‘देशका तीन ठाउँमा रेलमार्ग निर्माण भइरहेको छ, केही ठाउँमा अध्ययन जारी छ,’ उनले भने, ‘काठमाडौं तथा पोखरामा मोनोरेल निर्माणको अध्ययन पनि सँगसँगै गरिँदै छ ।’

विभागले अहिले राष्ट्रिय गौरवको सूचीमा रहेको पूर्व–पश्चिम, रसुवागढी–काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययन अघि बढाएको छ । साथै, लामो समय सञ्चालन भएर बन्द भएको जनकपुर–जयनगरको निर्माण भइरहेको छ ।

रेलमार्ग निर्माण तथा विस्तार गर्दा वातावरणीय पक्षमा ध्यान दिन यस क्षेत्रका सरोकारवालाले सुझाव दिएका छन् । सहरमा मोनोरेल वा ठूला रेलमार्ग निर्माण गर्दा वन तथा वन्यजन्तु संरक्षणमा चासो दिनुपर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7