विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बागलुङ र डोल्पामा माइक्रोवेभ प्रविधिबाट थ्रिजी सेवा सुचारु

   बैशाख १०, २०७५        308        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमाले बाग्लुङ र डोल्पामा माइक्रोवेभ प्रणालीमार्फत थ्रिजी सेवा सुचारु गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका-९ र डोल्पाको बुद्ध गाउँपालिकामा जिबिटिएस प्रविधि स्थापना गरेर सेवा सुचारु गरिएको हो ।

थ्रिजी सेवाबाट दुबै जिल्लाको दुर्गम क्षेत्रका २ हजार बासिन्दा लाभान्वित भएका छन् । उत्तरी भेगका दुर्गम क्षेत्रमा सेवा विस्तार भएपछि पर्यटकका लागि इन्टरनेट सेवा सहज भएको टेलिकमले जनाएको छ ।

दुर्गम क्षेत्रमा आम सञ्चार सुविधा विस्तार गर्ने सरकारको नीति अनुरुप दुर्गम क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सुचारु हुँदा दुबै जिल्लाका सेवाग्राही उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7