advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

रामेछापको दोरम्बामा एकीकृत बस्ती बन्ने

   बैशाख १७, २०७५        244        ऊर्जा खबर/रामेछाप

रामेछापको दोरम्बामा एकीकृत बस्ती निर्माण हुने भएको छ । दोरम्बा–५ स्थित गुन्सालमा भूकम्प पिडितको सक्रियतामा २३ रोपनी जग्गामा बस्ती निर्माण गर्न लागिएको हो ।

एकीकृत बस्तीमा भूकम्प प्रतिरोधी ३५ घर निर्माण हुने दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बताए । उनका अनुसार वडा कार्यालयको नाममा सामुहिक जग्गा खरिद गरेर सुविधा सम्पन्न बस्ती निर्माण गरिने छ ।

सरकारले उपलब्ध गराएको ३ लाख रुपैयाँ पनि बस्ती निर्माणमा लगाइने भएको छ । बस्ती बालबालिका तथा अपाङगमैत्री हुने उनले बताए ।

बस्तीमा निर्माण हुने एउटा घरको लागत साढे ९ लाख रुपैयाँ अनुमान गरिएको छ । ३५ घर पूरा गर्न ३ करोड ३२ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7