advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

तीन वर्षमा १२ हजार घर निर्माण

   बैशाख १८, २०७५        263        ऊर्जा खबर/रामेछाप

विनाशकारी भूकम्प गएको ३ वर्षमा रामेछापमा १२ हजार ५ सय निजी आवास निर्माण सम्पन्न भएको छ । सरकारले २ पटक निजी निवास निर्माण गर्ने समयसीमा तोकेपछि पछिल्लो चरणमा घर निर्माणको संख्या बढेको हो ।

अहिले जिल्लामा निजी आवास निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय रामेछापका प्रमुख ऋषि आचार्यले ऊर्जा खबरलाई बताए । ‘२९ हजार ५ सय घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार घरले दोस्रो किस्ता रकम लिइसकेका छन्,’ उनले भने ।

७ हजार ५ सय घरको तेस्रो किस्ताका लागि निवेदन परेकोमा ७ हजार घरले तेस्रो किस्ता लिइसकेको पनि प्राधिकरण जिल्ला समन्वय समितिले जानकारी दिएको छ । समितिका अनुसार ३७ हजार निजी आवास पुनर्निर्माण भइरहेको छ ।

२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पका कारण ४५ हजार ५० घर पूर्णमा क्षति भएको थियो । तीमध्ये ४३ हजार लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् । आचार्यका अनुसार जिल्लाभर अहिले करिब ७ हजार निजी आवास निर्माण गर्न बाँकी छ ।

निजी आवास निर्माण गर्न लाभग्राहीले छिटो काम गर्न चाहे पनि पानी, काठ, निर्माण समाग्री लगायत सामग्रीको समस्या खेप्नु परेको छ । कामदार अभाव मुख्य समस्या रहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7