विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेवाग्राहीसँग घुस लिने नेपालगन्ज वितरण केन्द्रका ३ कर्मचारी अख्तियारको फन्दामा

   बैशाख २७, २०७५        4803        ऊर्जा खबर/काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका ३ जना कर्मचारीलाई पक्राउ गरेको छ । आयोगको कोहलपुर क्षेत्रीय कार्यालयले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्जिनियर निसारअहमद खान, सुपरभाइजर विक्रान्त शुक्ला र कार्यालय सहयोगी गिरवरलाल धोबी छन् । उनीहरुले सेवाग्राहीबाट मिटर जडान तथा नामसारी गर्न १५ हजार घुस लिएको खुलेको छ ।

सेवाग्राहीको मिटर जडान तथा नामसारी गर्न कर्मचारीले घुस मागेको खुलेको प्राधिकरणको नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोज सिंहले बताए । घुस लिने कर्मचारीको नाम खुले पनि विस्तृत विवरण आइनसकेको उनले बताए ।

यसअघि पोखरा र काभ्रेमा पनि थ्री फेज मिटर बदली गर्न सेवाग्राहीबाट घुस लिने कर्मचारी अख्तियारको फन्दामा परेका थिए । प्राधिकरणको केन्द्रीय कार्यालयले अनावश्यक शीर्षकमा सेवाग्राहीसँग रकम असुली नगर्न पटक पटक निर्देशन दिए पनि वितरण केन्द्रले मिटर दिने नाममा घुस लिंदै आएका छन् ।

हरेक पटक तल्लो तहका कर्मचारी अख्तियारले पक्राउ गरे पनि वितरण केन्द्र प्रमुखसम्मको निर्देशनमा सेवाग्राहीसँग अनावश्यक शीर्षकमा रकम असुल्ने गरिएको प्राधिकरण स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7