विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा ज्योति विकास बैंकको १ अर्ब २० करोड प्रतिबद्धता

   बैशाख २८, २०७५        3085        ऊर्जा खबर/काठमाडौं

उत्पादनमुलक क्षेत्रमा केन्द्रीत ज्योति विकास बैंकले जलविद्युत विकासमा करिब १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले विभिन्न बैंकहरूसँग सहवित्तीयकरणमा लगानी बढाउँदै आएको हो ।

प्रतिबद्धता जनाएको रकममध्ये हालसम्म करिब ६० करोड रुपैयाँ खर्च भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । ‘जलविद्युतमै लगानी गर्ने उद्देश्यले बैंक खडा भएको हो,’ उनले भने, ‘यसैले, यो क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं ।’

जलविद्युतमा लगानी गर्ने भन्दै जुनसुकै आयोजनामा पैसा हाल्न सक्ने अवस्था नरहेको पनि ज्ञवालीले बताए । अहिले बैंकले एउटै आयोजनामा २३ करोड रुपैयाँसम्म लगानीको प्रतिबद्धता जनाएको छ ।

लगानी गर्ने सक्षम समूह तथा आकर्षक आयोजनाका लागि प्रस्ताव आए एउटै आयोजनामा ७५ करोड रुपैयाँसम्म लगानी गर्न सकिने उनले बताए । ‘हामीले धादिङमा निर्माणाधीन आँखु खोलामा ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छौं,’ ज्ञवालीले भने ।

पछिल्लो समय लगानी विविधिकरण गर्दै गए पनि जलविद्युतमा नेपाल राष्ट्र बैंकले तोकेको लगानीको सीमा पूरा भएको बैंकले जनाएको छ । राष्ट्र बैंकले कूल लगानीको ५ प्रतिशत जलविद्युतमा अनिवार्य गरेको छ ।

बैंकले हालसम्म करिब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १४ अर्ब रुपैयाँ लगानी गरेको छ । कूल ऋण प्रवाहको ५ प्रतिशत अर्थात् ७० करोड रुपैयाँ जलविद्युतमा लगानी भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7