विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक वर्षमा विद्युत उत्पादन गर्दै सिंगटी जलविद्युत आयोजना

   बैशाख ३०, २०७५        4310        ऊर्जा खबर/काठमाडौं

दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाले एक वर्षभित्र विद्युत उत्पादन गर्ने भएको छ । ७० प्रतिशत निर्माण पूरा भएको आयोजनाले २०७६ वैशाखबाट विद्युत उत्पादन गर्ने भएको हो ।

तीव्र गतिमा निर्माण भइरहेको आयोजनाको बाँध पूरा भएको सिंगटी हाइड्रो इनर्जी प्रालिका सञ्चालन बटु लामिछानेले बताए । उनका अनुसार आयोजनाको साढे ५ हजार मिटरमध्ये साढे ३ हजार मिटर सुरुङ पूरा भएको छ । अब २ हजार मिटर खन्न बाँकी छ । विद्युतगृहमा पनि ५० प्रतिशत निर्माण सकिएको लामिछानेले बताए ।

सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्र

आयोजनाको विद्युतगृहमा जडान हुने हाइड्रोमेकानिकल उपकरण आयात अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सिंगटी, सरकारले प्रतिश्पर्धाका आधारमा निजी क्षेत्रलाई दिएका ६ आयोजनामध्ये एक हो ।

आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । कुल ४ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा सिभिल बैंकको अगुवाईमा १० बैंकले ऋण लगानी गरेका छन् ।

आयोजना पूरा भएपछि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने सिंगटी सबस्टेसनमा लगेर जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7