advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

जोशी हाइड्रो पावरले जेठ ८ गतेबाट स्थानीयका लागि सेयर निष्कासन गर्ने

   बैशाख ३०, २०७५        1165        ऊर्जा खबर /काठमाडौं

जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आगामी जेठ ८ गतेबाट स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजनाका प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो ।
स्थानीयका लागि छुट्याइएको ३ करोड ७१ लाख ४० हजार रुपैयाँको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । सेयर खरिदकर्ताले चाँडोमा जेठ २२ र ढिलोमा असार ११ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा र माइपोखरी गाउँपालिकाका स्थानीयले न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।सेयर निष्कासन तथा बिक्री गर्न सिद्धार्थ क्यापिटललाई जिम्मा दिइएको छ ।

स्थानीयको सेयर बाँडफाँड गरेर सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7