विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

 टेलिकमले ९ महिनामा ११ अर्ब ८५ करोड मुनाफा कमायो

   बैशाख ३०, २०७५        1512        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ मुनाफा कमाएको छ । साउनदेखि चैतसम्मको अवधिमा उक्त मुनाफा कमाएको हो ।

यो मुनाफा आव २०७३/७४ को तुलनामा ४.७२ प्रतिशत बढी हो । गत आवको यही अवधिमा टेलिकमले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस्तै, चालु आवमा आम्दानी पनि बढेको छ । ९ महिनामा ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी भएको टेलिकमले जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्षको आम्दानी ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ थियो ।

कुल आम्दानीमध्ये २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार सेवा बिक्रीबाट र ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ अन्य शीर्षकबाट भएको टेलिकमले जनाएको छ । यससँगै टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7