advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

मन्थली–खुर्कोट सडक बन्द हुने

   बैशाख ३१, २०७५        1203        ऊर्जा खबर/काठमाडौं

रामेछापको मुख्य सडक मन्थली–खुर्कोट खण्ड दैनिक ४ घन्टा बन्द हुने भएको छ । सडक साँघुरो र मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो ।

मिल्ती खोलादेखि मन्थली हुँदै सिन्धुलीको खुर्कोटसम्म मर्मत गर्नुपर्ने भएकाले दैनिक ४ घन्टा बन्द हुने डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले बताए । उनका अनुसार जेठ १ गतेदेखि १५ गतेसम्म बिहान ११ बजेदेखि १ बजेसम्म सवारी आवागमन अवरुद्ध हुनेछ ।

यसैगरी, उक्त अवधिसम्म दैनिक दिउँसो २ देखि ४ बजेसम्म अत्यावश्यकबाहेक अन्य सवारी बन्द हुनेछ । सडक बन्द हुने समयमा वैकल्पिक बाटो प्रयोग गर्न पनि डिभिजन कार्यालयले आग्रह गरेको छ । ‘निर्माणमा सहयोग गरिदिन सबै सडक प्रयोगकर्तासँग अनुरोध गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7