विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रैराङ हाइड्रो पावरको साधारण सेयर बिक्री खुल्यो

   बैशाख ३१, २०७५        3654        ऊर्जा खबर/काठमाडौं

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित्त ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुल्ला गरिएको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणी नेपालले बताए । उनका अनुसार लगानीकर्ताले सेयर खरिद गर्न छिटोमा जेठ ३ तथा ढिलोमा २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

निष्कासित कुल सेयरमध्येबाट ३३ हजार ६ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४ सय कित्ता सेयर सर्वसाधारणले खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम ४ हजार २ सय कित्तासम्म खरिद गर्न पाउने छन् । साधारण सेयर निष्कासनबाट ८ करोड ४० लाख रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ ।

सेयर निष्कासन तथा बाँडफाँड गर्न एसई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7