advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बुटवल पावर कम्पनीका सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने

   जेठ ०१, २०७५        4791        ऊर्जा खबर/काठमाडौं

बुटवल पावर कम्पनी (बिपिसी) का सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिन लागेको हो ।

आगामी जेठ ८ गते हुने आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभाले लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने उपाध्यक्ष (वित्तीय) राधेश्याम श्रेष्ठले बताए । उनका अनुसार कम्पनीका ८८ हजार सेयरधनीलाई ४५ करोड रुपैयाँ बराबरको नगद लाभांश बाँडिने छ ।

साधारणसभाबाट पारित भएपछि सरकारको स्वीकृति लिएर लाभांश बाँड्न सुरु गरिने कम्पनीले जनाएको छ । नयाँ सेयर (फर्दर पब्लिक अफरिङ–एफपिओ) सदस्यले पनि लाभांश पाउने भएका छन् । गत चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश दिने निर्णय  गरेको थियो ।

बिपिसीले गत आवमा १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ । कुल आम्दानीबाट ६६ करोड ८० लाख रुपैयाँ मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7