विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तीन नदीमा तटबन्द निर्माण गर्न भारतको १८ करोड अनुदान

   जेठ ०१, २०७५        3721        ऊर्जा खबर/काठमाडौं

तराईका नदीमा वर्षेनी बाढी आएर डुबानमा पर्ने क्षेत्र संरक्षणका लागि तीन नदीमा तटबन्द निर्माण गर्न भारतले १८ अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराएको छ ।

वर्षे समस्या समाधान गर्दै खेतीयोग्य भूमि जोगाउने उद्देश्यले यस्तो अनुदान उपलब्ध गराइएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्केलगत्तै अनुदान आउनुलाई कुटनीतिकरूपमा हेरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका नाममा लेखिएको १८ करोड ७ लाख ४० हजार रुपैयाँको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सञ्चय शर्मालाई हस्तान्तरण गरिएको छ । बागमती, लालबकैया र कमला नदी नियन्त्रण तथा तटबन्द निर्माण गर्न उक्त रकम उपलब्ध गराइएको राजदूत पुरीले बताए ।

हरेक वर्ष आउने बाढीले तराईमा ठूलो परिमाणमा खेतीयोग्य भूमि नष्ट भएको सन्दर्भ जोड्दै पुरीले भने, ‘नदी नियन्त्रण तथा तटबन्द निर्माण गरी कृषिमा सुधार ल्याउन सकिन्छ । यसले त्यहाँको जनजीवनमा सुधार ल्याउन मद्दत पुर्याउनेछ ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7