advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

गरिमा बैंकको ‘गरिमा रेमिट’ सञ्चालनमा

   जेठ ०१, २०७५        328        ऊर्जा खबर/काठमाडौं

गरिमा विकास बैंक लिमिटेडले मंगलबारदेखि आफ्नो रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् ।

बैंकले ग्राहकलाई प्रदान गर्ने सेवामा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट प्रोडक्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । रेमिट माध्यमबाट देशका विभिन्न स्थानमा रहने गरिमा रेमिटका एजेन्टमार्फत एक स्थानबाट अर्को स्थानमा सहजरूपमा रकम स्थानान्तरण गर्न सकिने पनि उनले बताए ।

यसैगरी, प्रतिस्पर्धात्मक वातावरण सेवाको विविधकरण तथा ग्राहकको आवश्यकता मध्यनजर गर्दै नयाँ प्रोडक्ट ल्याइएको बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । उनका अनुसार बैंकले छिट्टै विदेशी मुद्रा विनिमय सम्बन्धी काम गर्ने भिसा डेबिट कार्ड पनि सञ्चालनमा ल्याउनेछ ।

बैंकले बैशाखमा प्रदेश १ का झापा, मोरङ र सुनसरीमा ८ शाखा सञ्चालनमा ल्याएको छ । हाल राजधानीमा ५ शाखासहित देशभर ५७ शाखा र १२ एटिएम सञ्चालनमा छन् । साथै, बैंकले छिट्टै झापाको दमक, नयाँ बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कुमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, दाङको घोराही र पोखराको रामबजारमा समेत शाखा खोल्ने जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रुपैयाँ छ । बैंकले २०७५ बैशाख मसान्तसम्म १८ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिमा ४४ करोड सञ्चालन नाफा कमाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7