विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

श्वेतपत्र कार्यान्वयन सम्बन्धी कार्ययोजना ७ दिनभित्र तयार गर्न मन्त्रालयको सर्कुलर

   जेठ ०२, २०७५        3026        ऊर्जा खबर/काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यस क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटेर जारी गरेको श्वेतपत्र कार्यान्वयनसम्बन्धी कार्ययोजना तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बैशाख २८ गते पत्र लेखी ७ दिनभित्र कार्ययोजना तयार गरी उपलब्ध गराउन भन्दै मातहतका निकायलाई सर्कुलर जारी गरेको हो । कार्ययोजनामा नीतिगत तथा कार्यगत मार्गचित्र, उत्पादन, प्रसारण, वितरण, विद्युत व्यापार, वैकल्पिक ऊर्जा विकासलगायत विषय समेटिनुपर्नेछ ।

यस्तै, सुशासन, संस्थागत सुधार तथा क्षमता अभिवृद्धिलगायत पक्ष कार्ययोजनामा उल्लेख गर्नुपर्ने मन्त्रालयको सर्कुलर छ । जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण, बूढीगण्डकी जलविद्युत आयोजना, विद्युत उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनी र जलविद्युत लगानी तथा विकास कम्पनीलाई कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बैशाख २५ गते श्वेतपत्र जारी गरेका थिए । श्वेतपत्रमा ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

१० वर्षमा १० हजार मेगावाट देशमै खपत गर्ने र बाँकी निर्यात गर्ने महत्त्वाकांक्षी योजना छ । यसैगरी, हरेक प्रदेशमा एउटा जलाशय आयोजना, हरेक घर ऊर्जा घर, सबै नेपालीलाई जलविद्युतको सेयरलगायत लोकप्रिय योजना छन् ।

जलस्रोत तथा सिँचाइको विकास गर्न खानेपानी, डुबान तथा बाढी नियन्त्रण, भूमिगत सिँचाइ, नदी स्थानान्तरण तथा बहुउद्देश्यीय आयोजना निर्माण गर्ने योजना छ । मन्त्री पुनले आफ्नो ५ वर्षे कार्यकालमा उक्त योजना पूरा गर्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7