advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

गाउँलेले गाउँपालिकालाई निशुल्क ४० करोडको जग्गा दिए

   जेठ ०२, २०७५        685        ऊर्जा खबर/रामेछाप

जिल्लाको सुनापती गाउँपालिकालाई स्थानीयबासीले ४० करोड रुपैयाँबराबरको जग्गा निशुल्क प्रदान गरेका छन् । गाउँपालिका केन्द्र हिलेदेवीका ३० घर परिवारले ८२ रोपनी जग्गा निशुल्क दिएका हुन् ।

गाउँपालिकाको बैठकले हाल केन्द्र बसेको भवन नजिक निशुल्क जग्गा उपलब्ध गराउन स्थानीय समाजसेवी बिबी तामाङको संयोजकत्वमा जग्गा खोज–तलास उपसमिति गठन गरेको छ । उनको नेतृत्वको नौ सदस्यीय टोलीले ८२ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको छ ।

संयोजक तामाङले जग्गाको लालपुर्जा गाउँपालिकाका अध्यक्ष धावा लामा र उपाध्यक्ष गिता विष्टलाई हस्तान्तरण गरेका छन् । जग्गा खरिद गर्ने रकमले अब आफ्नै भवन बनाउने तयारी थालेको छ । गाउँपालिकाले जतिबेला भने पनि स्थानीय जग्गा पास गर्न तयार रहेको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7