विद्युत आपूर्ति

  • प्राधिकरण : ८६९२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७०४ मे.वा. घन्टा
  • भारत : ५७७७ मे.वा. घन्टा
  • ट्रिपिङ : ५७५ मे.वा. घन्टा
  • माग : २३७४८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ वर्षदेखि सातदोबाटो–ढोलाहिटी सडक अलपत्र, काम छोडेर ठेकेदार भाग्यो

   जेठ ०३, २०७५        1998        ऊर्जा खबर/ललितपुर

ठेकेदारको लापरबाहीले सातदोबाटोदेखि ढोलाहिटीसम्मको सडक निर्माण ४ वर्षसम्म पूरा भएको छैन । पटक–पटक प्रतिबद्धता जनाए पनि ९ सय ६० मिटर सडक निर्माण अनिश्चित बनेको छ ।

२०७४ चैत ९ गते सडक विभाग, डिभिजन सडक कार्यालय, ललितपुर र सडक संर्घष समितिबीच त्रिपक्षीय सहमति भएको थियो । त्यतिबेला जेठ १५ गतेभित्रै सडक कालोपत्रे गर्न ठेकेदार सहमत भएको थियो । तर, अहिले काम छोडेर सम्पर्कविहिन छ ।

४ वर्षअघि काम सुरु भए पनि अहिलेसम्म पूरा नहुँदा स्थानीयबासी आक्रोसित बनेका छन् । स्थानीयले विभिन्न समयमा सडक अवरुद्ध गर्दै आएका छन् । ठेकेदारले काम अलपत्र छोड्दा पैदलयात्रुले धुलो र धुलोको सास्ती खेप्नु परेको छ ।

सडक कालोपत्रे गर्ने काम चाँडो सम्पन्न गर्न ठेकेदारलाई निरन्तर ताकेता गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुदर्शन मिश्रले बताए । ‘काम गर्छु भनेर ठेकेदारले बदमासी गर्दै आएको छ, अब पनि काम नभए ठेक्का रद्द गरेर अर्को कम्पनीलाई दिने प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।

सडक निर्माण गर्न २०६९ सालमा ठेक्कापट्टा भएको थियो । २०७२ सालभित्र काम पूरा गर्ने गरी युनाइटेड विल्डर्ससँग सम्झौता भए पनि अहिले ठेकेदार नै फरार छ । डिभिजन सडक कार्यालयका प्रमुख प्रकाश भण्डारीले भने बर्खाअघि नै सडक कालोपत्र हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7