advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

९ महिनामा सोलुको विद्युत, ८० प्रतिशत निर्माण सकियो

   जेठ ०३, २०७५        6765        ऊर्जा खबर/काठमाडौं

सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले अबको ९ महिनामा विद्युत उत्पादन गर्ने भएको छ । ८० प्रतिशत निर्माण पूरा भएको आयोजनाले आगामी माघ महिनाबाट उत्पादन सुरु गर्न लागेको हो ।

आयोजनाको बाँध क्षेत्रमा इन्टेक, एप्रोच क्यानल (पहुँच नहर) र डिसेन्डर (बालुवा थिग्राउने पोखरी) को निर्माण पूरा भएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले बताए ।

‘आयोजनाको बाँधको निर्माण सकिएको छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘अन्य संरचनाको काम पनि अन्तिम चरणमा छ ।’

उनका अनुसार बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने ३ हजार ९ सय मिटर पाइप (लो प्रेसर) मध्ये ३ हजार ५ सय मिटरको काम सकिएको छ । अब ४ सय मिटर पाइप बिछ्याउन बाँकी छ ।

४ सय २० मिटर पाइप (हाइ प्रेसर) मध्ये १ सय मिटर राखिसकिएको राजभण्डारीले बताए । आयोजनाको १ सय ७० मिटर सुरुङ पूरा गरेर पाइप राख्न सुरु गरिएको छ ।

यस्तै, विद्युतगृहको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । उपकरण जडान हुने विद्युतगृह भवनको निर्माण सकिएको कम्पनीले जनाएको छ । यसै महिनाबाट विद्युतगृहमा उपकरण जडान सुरु हुने पनि राजभण्डारीले बताए ।

विद्युत उत्पादन भएर विद्युतगृहबाट बाहिर निस्कने पानीलाई खोलामा फर्काउन टेलरेस नहर बनाइएको छ ।

कात्तिकभित्र पूरा गर्ने तालिका भए पनि सोलु कोरिडोर प्रसारण लाइनमा देखिएको सुस्तताले आयोजनाको कामको गति पनि सुस्त गतिमा अघि बढेको कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गर्ने विद्युत सोलु कोरिडोर प्रसारण लाइनमार्फत प्रणालीमा जोडिने छ ।

सोलु कोरिडोर समयमा तयार नभए ३३ केभी बुईंपा–ओखलढुङ्गा प्रसारण लाइनमार्फत ओखलढुङ्गा सबस्टेसनमा जोड्ने विकल्प राखिएको कम्पनीले जनाएको छ । प्राधिकरणले वैकल्पिक प्रसारण लाइन र सबस्टेसनको स्तरोन्नती गरेको अवस्थामा हिउँदमा ९० प्रतिशत र बर्खामा ३५ प्रतिशत विद्युत प्रणालीमा जोड्न सम्भव हुने कम्पनीको दाबी छ ।

सोलु खोलामा धेरै आयोजना निर्माण भइरहेकाले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन समयमा पूरा गर्ने दबाब छ ।

सोलु खोलामा सोलुसहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7