advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीन ३ ठूला जलविद्युत आयोजनामा सहयोग गर्न इच्छुक

   जेठ ०७, २०७५        1062        ऊर्जा खबर/काठमाडौं

चीन नेपालमा निर्माण हुने ३ ठूला जलविद्युत आयोजनामा सहयोग गर्न इच्छुक देखिएको छ । द्विपक्षीय विद्युत विकास तथा सहकार्यमा सहयोग पुग्ने भन्दै चीन लगानी गर्न उत्सुक भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच आइतबार भएको भेटका क्रममा चीन यहाँ लगानी गर्न आतुर रहेको जानकारी गराइएको थियो ।

भेटमा नेपाल–चीनबीच विद्युत विकासका द्धिपक्षीय सम्भावनाका आयोजनाबारे छलफल भयो । राजदूत पौडेलले चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको जानकारी गराए ।

यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागी आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गरे ।

चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो । चीन नेपालमा ३–३ वटा ठूला जलविद्युत तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि पौडेलले अवगत गराए ।

जलविद्युत तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले आग्रह गरे । भेटमा मन्त्री पुनले आयोजना छनोटबारे छलफल भइरहेको बताए ।

नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

अनुदानमा प्रसारण लाइन निर्माण गरिदिन नेपालले आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा प्रसारण लाइन निर्माणबारे समझदारी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7